काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य महिला खुलातर्फको मतगणना सुरु भएको छ । कांग्रेस केन्द्रीय निर्वाचन सचिव जगन्नाथ श्रेष्ठका अनुसार सोमबार बिहान १० बजेदेखि पुनः मतगणना सुरु भएको हो ।
आइतबार राति पनि केन्द्रीय सदस्य (महिला खुला) र (महिला मधेसी)तर्फको मतगणना भएको थियो ।
आज महिलाको चार र मधेसी खुला र महिलाको तीन समूहमा मतगणना भइरहेको निर्वाचन सचिव श्रेष्ठले जानकारी दिए ।
कांग्रेसको खुला महिलातर्फ ९ पदका लागि ३० जना प्रतिस्पर्धी छन् । यसैगरी महिला मधेसीतर्फ ४ पदका लागि ५ जना प्रतिस्पर्धी छन् ।
यस्तै, कांग्रेस केन्द्रीय सदस्य मधेसी (खुला) पाँच पदका लागि २३ जना प्रतिस्पर्धामा छन् ।