सभापतिमा पराजित कोइराला स्वतः केन्द्रीय सदस्य

251

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार बनेका डा.शेखर कोइराला स्वतः केन्द्रीय सदस्य बन्ने भएका छन् ।

नेपाली कांग्रेसको संशोधित विधानमा रहेको एउटा प्रावधानले उनलाई केन्द्रीय सदस्य बन्न बाटो खुला गरेको हो ।

कांग्रेसको विधानको धारा ६५ मा भनिएको छ,“पार्टीको सबै तहको कार्यसमितिको सभापति पदको निर्वाचनमा निर्वाचित सभापतिपछि दोस्रो बढी मल प्राप्त गर्ने व्यक्ति सम्बन्धित कार्यसमितिको सदस्य हुने छ ।”

डा.कोइराला सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवासँग पराजित भएका थिए । पहिलो चरणमा ५ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धामा देउवा पहिलो र डा.कोइराला दोस्रो भएका थिए ।

पहिलो चरणमा भएको मतदानमा कसैले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको थियो । त्यसमा देउवा विजयी भएका थिए । उनले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा.कोइरालाले १ हजार ८५५ मत पाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...