कांग्रेसको खुला केन्द्रीय सदस्यमा शशांक कोइरालाको अग्रता, उदय शमशेर दोस्रो

161

काठमाडौँ । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको मतगणनामा नेता डा.शशांक कोइरालाले अग्रता लिएका छन् ।

१०० मत गन्दा कोइरालाले ६५ मत प्राप्त गरेका छन् । त्यस्तै, दोस्रो स्थानमा उदय शमशेर राणा र तेस्रो स्थामा रामहरि खतिवडाले मत ल्याएका छन् ।

खुला केन्द्रीय सदस्यको १५ स्थानबाट मतगणना भइरहेको छ ।

३५ जना खुला केन्द्रीय सदस्यमा ९९ जनाको उम्मेदवारी परेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँडदेखि मन्त्रीहरु, सिनियर नेताहरु प्रतिस्पर्धामा छन् । यो प्रतिस्पर्धामा ६४ जना बाहिरिनेछन् ।

Share This:
सम्बन्धित खबर
Loading...