देउवा–प्रचण्डबीच भेटवार्ता : सर्वदलीय बैठक बोलाउन छलफल

344

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान भएको भेटमा प्रचण्डले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापतिसहित पदाधिकारीलाई सभापति देउवामार्फत् बधाई तथा शुभकामना प्रदान गरेको प्रचण्डका निजी सचिवालयले जनाएको छ ।

सदन सुचारु गर्तेलगायत समसामयिम राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा पनि दुई नेताबीच छलफल भएको छ । “भेटघाटको क्रममा सदन सुचारु गर्नेलगायत समसामयिक राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भयो,” सचिवालयले भनेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले नेपाल क्रिकेट संघ (क्यानले खेलाडीमाथि गरिएको भनिएको कारबाहीबारे प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...