पदाधिकारी पछिको पहिलो वरीयतामा घनश्याम भुसाल

248

काठमाडौँ । नेकपा (एमाले)ले १९ पदाधिकारी पछिको पहिलो वरीयतामा घनश्याम भुसाल परेका छन् ।

१९ पदाधिकारीसहित ४५ जनाको स्थायी कमिटीमा भुसाल २०औँ वरीयतामा छन् । उनी नवौँ महाधिवेशनबाट उपमहासचिवमा निर्वाचित भएका थिए । दशौँ महाधिवेशनमा उपाध्यक्षको उम्मेदवार बनेका थिए । तर, उनी निर्वाचनमा पराजित भएका थिए ।

भुसाललाई ओलीले सक्रिय जिम्मेवारी भने दिएका छैनन् । उनलाई अर्थ तथा योजना विभागको प्रमुख बनाइएको छ । भुसाल आफू स्कुल विभागमा बस्न चाहेका थिए ।

यस्तै, एमालेले दशौँ महाधिवेशनबाट निर्वाचित ७ सचिवको वरीयतामा परिवर्तन गरेको छ । एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेको हो ।

यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरुलाई अहिले अगाडि पारिएको हो । अन्य भने साविक नै छन् ।

Share This:
सम्बन्धित खबर
Loading...