गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा

225

काठमाडौँ । नेकपा (एमाले)ले दशौँ महाधिवेशनबाट निर्वाचित ७ सचिवको वरीयतामा परिवर्तन गरेको छ ।

मंसिर २५ र २६ गते भक्तपुरमा चलेको एमाले केन्द्रीय कमिटीको बैठकले निर्धारण गरेको वरीयता क्रममा केही परिवर्तन गरिएको हो ।

एमालेले गोकर्ण विष्ट र योगेश भट्टराईको वरीयता बढुवा गरेको हो ।

यसअघि छविलाल विश्वकर्मा, रघुवीर महासेठभन्दा पछि राखिएका उनीहरुलाई अहिले अगाडि पारिएको हो । अन्य भने साविक नै छन् ।

यस्तो छ वरीयता
टोपबहादुर रायमाझी
लेखराज भट्ट
गोकर्ण विष्ट
योगेश भट्टराई
छविलाल विश्वकर्मा
रघुवीर महासेठ
पद्‍मा अर्याल

Share This:
सम्बन्धित खबर
Loading...