उपसभापति जितेपछि गुरुङ पुगे पौडेललाई भेट्न

95

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचिन उपसभापति धनराज गुरुङ पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनको निवास बोहोराटार पुगेका छन् ।

बिहीबार बिहान उपसभापतिको मतपरिणाम सार्वजनिक भएर निर्वाचित भएपछि गुरुङ पौडेललाई भेट्न बोहोराटार पुगेका हुन् ।

पौडेलले गुरुङलाई बधाई दिँदै पार्टीलाई एकतावद्ध बनाउने र विधिसम्मत् चलाउने गरी काम गर्न सुझाव दिए ।

उनले आफू पनि पार्टीलाई एकतावद्ध बनाउन आम चुनावमा विपक्षसँगको प्रतिस्पर्धामा अब्बल बनाउन लाग्ने बताए ।

उनले उपसभापति गुरुङसँग आफू र निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बताउने र पार्टीभित्र सद्भाव कायम गर्ने अभियान थालिसकेको पनि जानकारी दिएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...