विपी कोइरालको पार्टी बल्ल विपीकै जस्तो भएको सन्देश गएको छ : मिनेन्द्र रिजाल

93

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत डा.शेखर कोइराला प्यानलबाट महामन्त्री पदका उम्मेदवार डा.मिनेन्द्र रिजालले सभापतिमा कोइरालाको हारले एउटा गतिलो सन्देश गएको बताएका छन् ।

सभापतिका उम्मेदवार डा.कोइरालाको तर्फबाट महाधिवेशन प्रतिनिधिलाई धन्यवाद दिन आयोजित कार्यक्रममा बोल्दै डा.रिजालले सभापतिका प्रत्याशी शेखर कोइरालाको हारले विपीको पार्टी कस्तो हुनुपर्छ भन्ने सन्देश दिएको बताए ।

“हामी व्यक्तिको भाव खोज्दैनौँ, विचार खोज्छौँ । डा.शेखर कोइरालाले पार्टीलाई गहिरो रुपबाट सम्प्रेषित गर्नुभएको छ । कांग्रेस पुरानो ढंगले चल्दैन । विपी कोइरालाको पार्टी विपी कोइरालाकै पार्टीजस्तो हुनुपर्छ भन्ने सन्देश सबैसँग सम्प्रेषण गर्न सफल हुनुभएकोमा डा.शेखर कोइरालालाई हार्दिक बधाई दिन चाहन्छु । निर्वाचन हार र जित महत्वपूर्ण होइन, अनुहार कस्तो देखिन्छ भन्ने ।”

निर्वाचनले सुन र पित्तल छुट्याएको पनि डा.रिजालले बताएका छन् । “महाधिवेशनका क्रममा एउटा कुरा पक्कै भाछ, दुःखमा, अप्ठेरोमा चरित्र पत्ता लाग्छ भनिन्छ नि चरित्र पत्ता लागेको छ । सुन र पित्तल छुट्टिएको छ ।”

रिजालले सभापतिमा विजयी भएका देउवाको काँधमा कांग्रेसलाई पुनर्जागरित गर्ने जिम्मेवारी आएको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...