काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले हालै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले सेयर बजारसम्बन्धी दिएको अभिव्यक्तिको खण्डन गरेका छन् ।
बुधबार शपथ लिएका एमालेका मनोनीत केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै ओलीले प्रचण्ड लेलिनभन्दा बढी जान्ने भएको प्रतिक्रिया दिएको बताए ।
“लेलिनले पुँजीवाद विकास भएर साम्राज्यवाद हुन्छ भनेका थिए । प्रचण्डले त्योभन्दा बढ्ता जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रुप हो भनिदिए,” ओलीले भने,“त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवन के असर पर्छ, कुनै मतलब छैन ।”
ओलीले प्रचण्डको उक्त अभिव्यक्तिका कारण सेयर बजार धराशायी भएको बताए । प्रचण्डलाई सेयर बजार जनताको जीवनमा कति असर हुन्छ ? लगानीकर्ताको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति कस्तो हुन्छ ? केही पनि मतलब नगरी बोलेको ओलीको आरोप छ ।
प्रचण्डलाई अर्थतन्त्रको केही पनि मतलब नभएको ओलीको भनाइ छ । ओलीले प्रचण्डलाई कुन सेयर कारोबारीले चन्दा नदिएका कारण यस्तो बोलेको ? भनी प्रश्न गरेका छन् ।
“कुन सेयर कारोबारीले चन्दा दिएन होला । अब म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो भनिदिए । नरहे बाँस, नरहे बाँसुरी,” ओलीले थपे,“हामीले त्यस्तो गथ्र्यौँ भने सडक तात्थ्यो । माइतीघरले पुग्दैन थियो । सञ्चारमाध्यममा आगो बल्थ्यो । प्रचण्डले बोल्दा सब चुपचाप भए । कोही बोल्दैनन् ।”