प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता

374

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका नेता बालकृष्णा खाणले सिंहलाई भेटेर फर्किएलगत्तै डा.कोइरालाले सिंहलाई निवासमै पुगेर भेटेका हुन् ।

भेटका क्रममा डा.कोइरालाले अब दोस्रो चरणको चुनावमा आफूलाई सघाउन सिंहसँग आग्रह गरेका थिए । जबाफमा सिंहले आफ्नो टिमका नेताहरुसँग छलफल गरेर सामूहिक रुपमा निर्णयमा पुग्ने जबाफ दिएका थिए ।

यसअघि सिंहले गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाणलाई पनि यही जबाफ दिएर पठाएका थिए । खाणले दोस्रो चरणमा देउवालाई सघाउन सिंहसँग आग्रह गरेका थिए ।

सभापतिका प्रत्याशी सिंहले पहिलो चरणको चुनावमा ३७१ अर्थात् ७.९२ प्रतिशत मतका साथ तेस्रो स्थान हासिल गरेका थिए । उनको टिममा सुजाता कोइराला, विश्वप्रकाश शर्मालगायतका नेताहरु छन् ।

टिममा छलफल गरेर देउवा र कोइरालामध्ये कसलाई सघाउने भन्ने निर्णयमा पुग्ने सिंहले दुर्व तर्फका नेताहरुलाई जबाफ दिएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...