एकीकृत समाजवादीको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठ चयन
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को संघीय संसद्का दुवै सदनका लागि प्रमुख सचेतक चयन गरिएको छ ।
सोमबार बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा जीवनराम श्रेष्ठलाई चयन गरेको हो । यस्तै, राष्ट्रियसभाको प्रमुख सचेतकमा भने शेरबहादुर कुँवर चयन भएका छन् ।
आजको बैठकमा भोलिदेखि सुरु हुने प्रतिनिधिसभा बैठकलगायत समसायिक विषयमा छलफल भएको एक नेताले जानकारी दिए । एकीकृत समाजवादीबाट प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा ७ गरी ३० जना सांसद् रहेका छन् ।