एमालेको जिम्मेवारी बाँडफाँट, कसलाई के को जिम्मेवारी ?

269

काठमाडौँ । नेकपा (एमाले)ले प्रचार विभागको जिम्मेवारी पृथ्वीसुब्बा गुरुङलाई दिएको छ । आइतबार बसेको एमाले केन्द्रीय कमिटीको बैठकले गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका उपमहासचिव गुरुङलाई प्रचार विभागको जिम्मेवारी दिएको हो ।

यसअघि योगेश भट्टराई प्रचार विभागमा प्रमुख रहेका थिए । उनलाई अहिले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख बनाइएको छ ।

यस्तै, एमालेले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई समग्र पार्टीको कार्यविभाजन तोक्दा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नीति अनुसन्धान प्रतिष्ठानको जिम्मेवारी दिएको छ । एमालेले प्रदीप ज्ञवालीलाई स्कुल विभागको जिम्मा दिइएको छ ।

कसलाई के को जिम्मेवारी ?

  • अध्यक्ष केपी शर्मा ओली : समग्र पार्टी
  • वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : नीति अनुसन्धान प्रतिष्ठान
  • उपाध्यक्ष युवराज ज्ञवाली : स्थानीय तह प्रदेश र संघ
  • उपाध्यक्ष अष्टलक्ष्मी शाक्य : राजनीतिक समन्वय
  • उपाध्यक्ष रामबहादुर थापा बादल : राष्ट्रिय सुरक्षा
  • उपाध्यक्ष विष्णु पौडेल : पार्टी संगठन अनुगमन
  • उपाध्यक्ष सुवास नेम्वाङ : संसदीय अनुगमन
  • उपाध्यक्ष सुरेन्द्र पाण्डे : राजकीय मामिला
  • महासचिव शंकर पोखरेल : समग्र पार्टी
  • प्रदीप ज्ञवाली : स्कुल विभाग
  • पृथ्वीसुब्बा गुरुङ : प्रचार विभाग
  • विष्णु रिमाल : आर्थिक लेखा लगायत
  • योगेश भट्टराई :  स्वास्थ्य तथा जनसंख्या विभाग
  • भीष्म अधिकारी : कार्यालय सचिव
  • खगराज अधिकारी :संगठन विभाग
Share This:
सम्बन्धित खबर
Loading...