‘ए’ डिभिजन लिग : एपिएफलाई पहिलो अंक

301

काठमाडौँ । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र एपिएफ क्लबले बराबरी खेल्दै अंक बाँडेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा थ्री स्टार र एपिएफले गोलरहित बराबरी खेलेको हो । यस बराबरीसँगै एपिएफले लिगमा पहिलो एक अंक जोडेको छ ।

अघिल्ला तीन खेलमा एपिएफले लगातार हार व्यहोरेको थियो । खेल अवधिभर थ्री स्टारविरुद्ध एपिएफ हाबी भएको थियो । तर, पटक–पटकको आक्रमणलाई एपिएफले गोलमा परिणत गर्न सकेन ।

यस बराबरीसँगै एपिएफले भने ४ खेलमा १ अंक जोडेको छ । एपिएफ पहिलो खेलमा ब्रिगेड ब्वाइजसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा च्यासल युथसँग १–० ले तथा तेस्रो खेलमा सातदोबाटोसँग ४–१ ले पराजित भएको थियो ।

थ्री स्टारले ४ खेलमा ५ अंक जोडेको छ । थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३–० ले हराएको थियो । दोस्रो खेलमा थ्री स्टार सातदोबाटो युथसँग १–० ले पराजित हुँदा तेस्रो खेलमा फ्रेन्ड्स क्लबसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

प्रतियोगीता अन्तर्गत सोमबार हुने पहिलो खेलमा संकटाले पुलिस क्लबसँग प्रतिष्पर्धा गर्ने छ भने दोश्रो खेलमा जावलाखेल बिग्रेड ब्वाइजबीच प्रतिष्पर्धा हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...