माओवादी प्रदेश अधिवेशनः बागमतीको नेतृत्वका लागि ४ जना प्रतिस्पर्धी मैदानमा

321

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रदेश अधिवेशन सुरु भएको छ । सात भौगोलिकसहित अन्य प्रदेशको एकैपटक भर्चुअल रुपमा अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गरेको छन् ।

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षका लागि ४ जना नेताले आकांक्षा देखाएका छन् । दोलखाका विशाल खड्का, काभ्रेका दिनानाथ गौतम, सिन्धुपाल्चोकका सरल सहयात्री र भक्तपुरका डिपी ढकाल प्रदेश अध्यक्ष बन्ने दौडमा रहेका हुन् ।

उनीहरुले आफ्नो पक्षमा माहोल तयार गर्न तीव्र लबिङ गर्दै आएका छन् । माओवादीमा सहमतिबाट नै नेतृत्व चयन गरिने हुँदा उनीहरुले आफ्नो पक्षमा माहोल बनाउन लबिङ थालेका हुन् ।

प्रदेशसभा सदस्यसमेत रहेका खड्का तीन कार्यकाल जिल्ला अध्यक्ष भइसकेको छन् । पार्टीमा योगदानको मूल्याङ्कन गर्दै युवा पुस्तासमेत भएकाले आफूलाई अवसर दिनुपर्ने पक्षमा खड्का देखिएका छन् ।

यस्तै, काभ्रेका पुराना नेता गौतम पनि उत्तिकै सशक्त दाबेदार रहेका छन् । केन्द्रीय नेताहरुसम्म राम्रा पहुँच हुनुका साथै नेता कार्यकर्तामा राम्रो भिजेका उनी पनि उत्तिकै सशक्त दाबेदार रहेका छन् ।

जनयुद्धकालीन चर्चित नाम सरल सहयात्रीले पनि आफूलाई बलियो उम्मेदवारको रुपमा उभ्याउँदै आफूले नेतृत्व पाए पार्टीलाई माथि उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै आएका छन् । यस्तै, भक्तपुरका चर्चित लेखक तथा वुद्धिजीवीसमेत रहेका युवा नेता डिपी ढकालले पनि आफूलाई बागमती प्रदेशको अध्यक्षको रुपमा दाबी प्रस्तुत गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...