काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका जनवर्गीय संगठनहरु अधिवेशनबिना मनोनित पदाधिकारीबाट चलिरहेको भन्दै अविलम्ब सबै संगठनका अधिवेशन आयोजना गर्न निर्देशन दिएका छन् ।
पार्टी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब जनसंगठनहरु अधिवेशनबिना निरन्तर रहन नसक्ने बताए । ओलीले तत्काल अधिवेशन गर्न हरेक जनसंगठनलाई निर्देशित गरेका हुन् ।
“अहिले पार्टीका अधिकांश जनसंगठनहरु अधिवेशन बिनाको नेतृत्वबाट आएका छन् । अब यसरी हुँदैन । तयारी पुगेन भन्न पनि पाइँदैन,” ओलीले भने,“सबै संगठनले अधिवेशन गर्नुपर्छ तर अबिलम्ब गर्ने भनेर आउने चुनावलाई असर पार्नेगरी होइन, पार्टीको मार्गनिर्देशनमा हुनुपर्छ ।”