काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले गलत ढंगले पार्टी कब्जा गर्न थालेपछि आफूहरु अलग भएको टिप्पणी गरेका छन् ।
शनिबार समाजवादी प्रेस संठगन नेपालले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले वर्तमान समयमा देशमा राजतन्त्र फर्काउन चलखेल भइरहेको बताउँदै अब कुनै पनि हालतमा पुरानो इतिहास नदोहोरीने ठोकुवा गरे ।
उनले भर्खरै निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रतिगामी चिन्तन नराखी अग्रगामी सोच राखेर हिँड्न सुझाव दिँदै ठुलो त्याग र बलिदानीबाट प्राप्त भएको उपलब्धिहरुलाई जोगाउन र संरक्षण गर्ने कार्यमा सकारात्मक भूमिका खेल्न सुझाव दिए ।
उनले तत्काल कुनै पनि पार्टीसँग चुनावी तालमेलबाहेक अन्य एकीकरणको सम्भावना नरहेको बताउँदै आफूहरुको ध्यान पार्टी सृदृढ र बलियो बनाउनमा नै रहैको तर्क गरे ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले ओलीप्रति लक्षित गर्दै न्यायोचित कार्यका राष्ट्रियसभादेखि स्थानीय निर्वाचन हुँदै मिलेर जाने सहमति भइसकेको ठोकुवा गरे ।