कल्याण गुरुङद्वारा कांग्रेस सभापतिमा उम्मेदवारी दर्ता

326

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

गुरुङले १० बजेर ४५ मिनेट जाँदा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । केन्द्रीय सभापतिमा उम्मेदवारी दर्ता गर्ने उनी पहिलो हुन् ।

नेपाली कांग्रेसको महाधिवेशनमा उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । शनिबार बिहान १० बजेदेखि सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने कांग्रेसले जनाएको छ ।

कांग्रेसले सभापति पदका लागि मनोनयन दर्ता गर्न ३० हजार शुल्क तोकेको छ । उपसभापति र महामन्त्रीका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ । सहमहामन्त्रीका लागि १५ हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कांग्रेसले जनाएको छ ।

आइतबार दाबी विरोध सकेर अन्तिम नामावली प्रकाशन गरिने छ । उम्मेदवारी मनोनयनका लागि २० स्थानमा व्यवस्था गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...