प्रकाशमानको प्यानलबाट सुजाता कोइराला उपसभापतिको उम्मेदवार बन्ने

343

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् सभापतिका दाबेदार प्रकाशमान सिंहले आफ्नो प्यानलबाट सुजाता कोइरालालाई उपसभापतिको उम्मेदवार बनाउने भएका छन् ।

पूर्वमहामन्त्री सिंह नेतृत्वको टिमबाट सुजाता उपसभापतिमा उम्मेदवार बन्ने निश्चित भएको हो ।

संस्थापनइतर पक्षबाट सभापतिका एकल उम्मेदवार बनाएर जाने भनिए पनि सिंह, वरिष्ठ नेता रामचन्द्र पौडेल र शेखर कोइरालाबीच कुरा नमिल्दा सम्भव हुन सकेको छैन ।

पछिल्लो समय सिंहले आफू एक्लै उम्मेदवार दिने भन्दै संस्थापनइतरको बैठकमा सहभागी भएका थिएनन् ।

कांग्रेस महाधिवेशनअन्तर्गत आज १० बजेदेखि उम्मेदवारी दर्ता हुँदै छ ।

Share This:
सम्बन्धित खबर
Loading...