राजेन्द्र लिङ्देनप्रति ओलीको कटाक्ष : ‘भर्खर भर्खर जन्मेको बाछो हिँड्न जान्दैन’

301

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरुप्रति टिप्पणी गर्दै अभिव्यक्ति दिएपछि त्यसप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लिङ्देनले ‘सबै नेताहरु चोर हुन्’ भन्ने छाप जनतामा परेको बताउँदै राजसंस्थाको वकालत गरेका थिए ।

लिङ्देनलाई जबाफ दिँदै ओलीले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त अहिलेको सन्दर्भमा असन्दर्भिक रहेको बताए । उनले भने,“जन्मिँदै शासन गर्ने सिद्धान्त निराधार हो । यसरी नागरिक स्वभिमान नै छाडिदिने कुरा नगरौँ ।”

ओलीले लिङ्देनलाई भर्खरै जन्मेको बाछोसँग तुलना गरे ।

“उहाँले हरेक नेता चोर हुन्छ भन्ने खालको कुरा गर्नुभयो । नयाँ–नयाँ अध्यक्ष भएको रापताप होला । भर्खर भर्खर जन्मेको बाछो अलि कुद्छ क्या, हिँड्न जान्दैन । अलिक समयमा ठिकमा आउला भन्ने लाग्छ मलाई ।”

Share This:
सम्बन्धित खबर
Loading...