कांग्रेस महाधिवेशन : संस्थापन पक्षबाट महामन्त्रीमा प्रकाशशरणको टुंगो लाग्यो

216

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री डा.प्रकाशशरण महत महामन्त्री हुने टुंगो लागेको छ । संस्थापन पक्षबाट महामन्त्रीका लागि पर्टी प्रवक्ता विश्वप्रकश शर्मा, ज्ञानेन्द्र कार्की, बालकृष्ण खाण, एनपी साउदलगायत नेताहरुको दाबी छ । दुई महामन्त्रीमा एउटामा महतको टुंगो लागेपछि अर्कोमा भने दाबेदार धेरै भएपछि देउवालाई अप्ठ्यारो परेको छ ।

संस्थापनइतरको पक्षबाट महामन्त्रीमा गगन थापा उम्मेदवार हुने भएपछि विश्वप्रकाश शर्मालाई महामन्त्रीको उम्मेदवार बनाउन देउवा समूहभित्र दबाब बढेको छ । तर, शर्माभन्दा सिनियर नेताहरु खाड र कार्कीले दाबी नछाडेपछि देउवालाई अप्ठ्यारो भएको हो ।

महामन्त्रीमा टुंगो लागेका महत देउवाका विश्वासिला पात्र हुन् । उनी यसअघि परराष्ट्रमन्त्री समेत बनेका थिए । महामन्त्रीको अर्को सिटमा कृष्णप्रसाद सिटौला पक्षबाट युवा नेता प्रदीप पौडेललाई समेट्ने सम्भावना समेत बढेको छ ।

प्रधानमन्त्री समेत रहेका सभापति देउवाले नेता सिटौलालाई आफ्नो टिममा ल्याएर उपसभापति लडाउने प्रयास जारी राखेका छन् ।

सहमति भएको खण्डमा प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार हुने सम्भावन छ ।

Share This:
सम्बन्धित खबर
Loading...