कांग्रेस सभापतिमा देउवा दोहोरिनु हुँदैन : मिनेन्द्र रिजाल

231

काठमाडौँ । रक्षामन्त्री एवम् नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले पार्टी सभापतिमा शेरबहादुर देउवा दोहोरिन नहुने बताएका छन् ।

महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका रिजालले शुक्रबार पत्रकारसँगको अन्तरक्रियामा प्रधानमन्त्रीको रुपमा देउवा शतप्रतिशत ‘लोयालिटी’ भएपनि पार्टी सभापतिको रुपमा फरक मत रहेको बताए ।

अहिले देखिएजस्तो अनुहार पार्टीमा देखिए मतदानमा जनताले नपत्याउने उनको भनाइ थियो ।

उनले संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने प्रयास सफल हुन नसकेको स्वीकारेका छन् । उनले भने,“हिजो राति १२ बजेसम्म पनि सभापतिको साझा उम्मेदवार बनाउने प्रयासमा थियौँ तर हाम्रो प्रयासले सार्थकता पाउन सकेको छैन ।”

उनले सभापतिको उम्मेदवार टुंगो नलाग्दा आफूहरु पनि अलमलमा परेको गुनासो गरे । “म अहिले शिर खोजिरहेको छु, सभापतिको उम्मेदवार को बन्ने निश्चित छैन,” उनले भने,“देउवाको विकल्पमा लागेका छौँ । तर, सहमति हुन सकेको छैन ।”

उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताए । पौडेल समूहबाट पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिमा अडान छोडेका छैनन् ।

संस्थापन समूहबाट भने शेरबहादुर देउवा फेरि पनि सभापतिमा दोहोरिने

Share This:
सम्बन्धित खबर
Loading...