ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्‌को खपत बढाउनुपर्छ : ऊर्जामन्त्री भुसाल

244

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबै क्षेत्रमा विद्युतीय साधनको उपयोग गर्नुपर्ने बताएकी छन् ।

बिहीबार काठमाडौँमा आयोजित सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ नेपालको छैटौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै यस्तो बताएकी हुन् । विद्ययुतीय क्षेत्रको अग्रगमनका लागि ऊर्जाका सबै क्षेत्रमा जलविद्युत्‌को खपत बढाउनुपर्ने मन्त्री भुसालले बताइन् ।

सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले अब घरयासी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा पुगेको उनले बताइन् ।

मन्त्री भुसालले जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति रहेको भन्दै यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघले सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । उनले महासंघको नेतृत्वले सबै क्षेत्रमा जलविद्युत् उत्पादन गर्ने अभियानलाई अघि बढाउन सहयोग गर्ने बताइन् ।

“सरकारले अघि बढाएका नीतिका कारण निजी उत्पादकले समेत विद्युत् उत्पादन गर्न पाउने अवसरले हामी अब घरयासी प्रयोगमा पर्याप्त विद्युत् उपलब्ध गराउने स्थितिमा छौँ । अहिले एकातिर हामी आम जनतामा २ वर्षभित्रै विद्युतीकरण गर्ने सरकारको नीति छ । त्यसमा सामुदायिक विद्युत् उपभोक्ता महासंघ पनि सहयोगी नै हुनेछ,” मन्त्री भुसालले भनिन्,“जहाँ केन्द्रीय प्रशारण लाइन पुग्ने छैन, त्यहाँ सामुदायिक विद्यत् उपभोक्ता महासंघमार्फत् त्यो अभियान पूरा गर्नेछौँ । अब फेरि हामी नयाँ ठाउँमा आएका छौँ । यो अधिवेशनले त्यो कुरालाई आफ्नो नीति कुरामा ध्यान राखोस् । अब हामी ऊर्जाका सबै क्षेत्रमा जलविद्युत् उत्पादन गर्ने अभियानलाई अघि बढाउनुपर्छ ।”

कतिपय सामुदायिक संस्थाहरुले समयमै विद्युत् भुक्तानी नगरेको, विनियमावलीले तोकेकोभन्दा बढी क्षमताको लोड स्वीकृति गर्ने गरेको र समयमै ग्राहकहरुको समस्या समाधान नगरेको गुनासो मन्त्रालयमा आइरहेको मन्त्री भुसालले बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...