नेताहरुले सभापतिमा अडान नछाडेपछि पौडेलले भने– पार्टीबाटै अलग हुन्छु

101

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बुधबार पनि सभापतिको साझा उम्मेदवारबारे सहमति जुटाउन सकेन । बुधबार दिनभरि भएको छलफलका क्रममा सभापतिको आकांक्षीहरुले दावेदारी नछाडेपछि सहमति जुट्न नसकेको हो ।

नेताहरुबीच सहमति नभएपछि बिहीबार सभापतिको आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरुको बैठक बस्ने र विकल्प सुझाउने कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिए ।

कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले तीन नेताबीच सहमति भए आफू पछि हट्न तयार रहेको बताउँदै आएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेलले आकांक्षीद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच सहमति भए आफूले त्यसलाई स्वीकार गर्ने बताउँदै आएका छन् । घिमिरेले केन्द्रीय सदस्यहरुले दिएको सुझावका आधारमा अघि बढ्ने उल्लेख गरे।

छलफलका क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा साझा उम्मेदवार बनाउन नसके आफू पार्टीबाटै बिदा हुने बताएका थिए । कांग्रेस नेता डा. रामशरण महतले सहमति नभएपछि पौडेलले आफूलाई सहयोग गर्न पनि आग्रह गरेको जानकारी दिए ।

कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदै छ । महाधिवेशनमा नयाँ नेतृत्वका लागि संस्थापन पक्षले कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा सहमति जुटाएको छ भने संस्थापन इतरसमूहले निष्कर्षमा पुग्न सकेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...