माओवादीका ३२ विभाग : प्रचण्डलाई स्कुल, अन्य क–कसले पाए जिम्मेवारी ? [सूचीसहित]

295

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञसमेत राखेर बनाइएको विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरुलाई नै बनाइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ स्कुल विभाग इञ्चार्ज बनेका छन् भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेलले पाएका छन् । नेता नारायणकाजी श्रेष्ठ विदेश विभाग प्रमुख बनेका छन् ।

संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मा बनेका छन् । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभाग र राष्ट्रिय सुरक्षा विभागको जिम्मेवारी दिइएको छ ।

नेता वर्षमान पुनले अर्थ तथा योजना विभागको जिम्मेवारी पाएका छन् । पूर्वमन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाइ विभागको जिम्मेवारी दिइएको छ ।

यस्तै, डोरप्रसाद उपाध्यायले कोष तथा आर्थिक व्यवस्थापन विभागको जिम्मेवारी पाएका छन् भने खिमलाल देवकोटाले निर्वाचन विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।

माओवादीले हरेक विभाग ३५ सदस्यीय हुने जनाएको छ । तर, हाललाई सबै सदस्य नियुक्त गरिएको छैन ।

हेर्नुस् सूची

केन्द्रीय विभाग
Share This:
सम्बन्धित खबर
Loading...