आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिने सीता गुरुङको घोषणा

130

काठमाडौँ । नेपाली कांग्रेसका नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । उनले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिवासी जनजाति विभागकी प्रमुखसमेत हुन् । कांग्रेसमा योपटक खस आर्य, महिला, मधेसी, आदिवासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सहमहामन्त्री बन्ने व्यवस्था छ ।

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन् ।

उनले नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिवसमेत भएर कम गरिन् । पार्टीको १२औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी उनी १३औँ महाधिवेशनमा आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित भइन् ।

दुवै संविधानसभा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्य समेत हुन् । उनी २०७४ को देउवा नेतृत्वको सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...