कोरोनाविरुद्धको खोप लगाएकी महिलाको संक्रमणबाट मृत्यु

659

काठमाडौँ । कोरोना भाइरसविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौंडाकी एक महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

हेटौंडा अस्पतालका कोभिड इञ्चार्ज प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन् । उनलाई कोरोना संक्रमण हुन अगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...