स्थानीय तहका १,६१३ जना कर्मचारीको एकैपटक सरुवा [सूचीसहित]

350

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भइ कार्यरत १ हजार ६१३ जना कर्मचारीको मंगलबार एकैपटक सरुवा गरेको छ ।

मन्त्रालयले लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता बसन्त अधिकारीले लोकसेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरुको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको बताए ।

उनका अनुसार स्थानीय तहका कर्मचारीको सरुवासम्बन्धी कानुनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको छ ।

नयाँ संविधान जारी भएपछि लोकसेवा आयोगले लिएको परीक्षामा उतीर्ण भइ नियुक्त भएका स्थानीय तहका कर्मचारीहरुलाई मात्रै मन्त्रालयले सरुवा गरेको हो । सरुवा भएर हिँड्ने र जाने दुवै स्थानीय तहको सहमतिमा मात्रै काजको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

मापदण्ड पूरा नगरेकाहरुलाई सरुवा नगरिएको मन्त्रालयले जनाएको छ । निवेदन दिएपनि सरुवाको निर्णय नभएका कर्मचारीहरुको हकमा कारणसहित निर्णय भएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

हेर्नुस् सरुवाको सूची

Share This:
सम्बन्धित खबर
Loading...