भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन

352

काठमाडौँ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिमा प्रस्तावित राजदूत डा.शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यको नाम सर्वसम्मतले अनुमोदन भएको हो ।

त्यसअघि बैठकमा प्रस्तावित राजदूतहरुले आफ्नो योजनाका बारेमा समितिलाई जानकारी गराएका थिए । शर्माले दुई देशको सम्बन्धलाई मतबुत बनाउनका लागि तीन विषयमा आफूले प्राथामिकता दिने प्रतिबद्धता जनाए । उनले नेपाल र भारतका अधिकारी एवं राजनीतिक व्यक्तिहरुबीच हुने भेटघाट अव्यवस्थित रहेको उल्लेख गर्दै त्यसको सुधारका लागि आफूले काम गर्ने बताए ।

त्यस्तै, बेलायतका लागि प्रस्तावित राजदूत ज्ञानचन्द्र आचार्यले नेपाल र बेलायतबीच राजनीतिक, आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्नका लागि दूतावास र सरकारले भूमिका खेल्नुपर्ने धारणा राखे ।

आगामी दिनमा आर्थिक र राजनीतिक सम्बन्ध विस्तारका लागि काम गर्नुपर्ने उनको भनाइ छ ।

अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसी लिने वा नलिने भए प्रष्टसँग अमेरिकालाई भन्नुपर्ने सुझाव दिए । नेपालले अमेरिकालाई नेपालको भौगोलिक अवस्थिति भारत र चीनबीचको बारेमा स्पष्ट पार्नुपर्ने पनि खत्रीको भनाइ थियो ।

सुनुवाइका क्रममा सांसद्हरुले भाबी योजनाका बारेमा प्रश्न गरेका थिए । गत कात्तिक ११ गतेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको थियो ।

उनीहरुको नाम संसदीय समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

Share This:
सम्बन्धित खबर
Loading...