नेपालमा पनि दुई जनामा ‘ओमिक्रोन’ पुष्टि

356

काठमाडौँ । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको हो ।

दक्षिण अफ्रिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमिनिक्रमन भेरियन्टको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।

नयाँ भेरियन्ट संक्रमण देखिने ६६ वर्षीय एक विदेशी नागरिक र उनीसँग सम्पर्कमा आएका अर्का ७१ वर्षीय व्यक्ति रहेका छन् । दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ओमिक्रोम भेरियन्ट संक्रमण भएको दुवै जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...