म्यानमारकी नेतृ सुकीलाई ४ वर्ष जेल सजाय

100

काठमाडौँ । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई ४ वर्षको जेल सजाय सुनाइएको छ । गत फेब्रअरीमा सेनाले ‘कू’ गर्दै सत्ता आफ्नो हातमा लिएपछि उनलाई पक्राउ गरेर नजरबन्दमा राखेको थियो ।

यद्यपि उनी सार्वजनिकरुपमा भने देखिएकी थिइनन् । सोमबार सेनाको अदालतले उनलाई राष्ट्रिय विपत्ति कानुन उल्लङ्घन र सेनाविरुद्ध जनमत बनाएको आरोपमा समान दुई–दुई वर्ष गरी ४ वर्षका लागि जेल सजाय सुनाइएको सेना प्रवक्ता ज मिन टुनले जानकारी दिए ।

त्यस्तै, म्यानमारका पूर्वराष्ट्रपति बिन मिन्टलाई पनि समान चार वर्षको सजाय सुनाइएको छ । मिन्टलाई पनि सुकीकै अभियोगमा जेल सजाय सुनाइएको हो ।

यद्यपि उनीहरु दुवैले जेल भने जानु नपर्ने सेनाले बताएको छ । सेनाका अनुसार उनीहरुले नजरबन्दमै रहेर आफूमाथि लागेको अन्य मुद्दाको पनि सामना गर्ने छन् ।

Share This:
सम्बन्धित खबर
Loading...