कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन : देउवा

155

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि सभापतिमा चुनिए आफूले अझ राम्रो काम गर्ने बताएका छन् ।

सोमबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले पार्टीको विधानबमोजिम एकपटक सभापति बन्न चाहेको बताएका हुन् ।

उनले भने,“म पार्टीको विधानवमोजिम एकपटक सभापति बन्न चाहेको छु । यो अन्तिम पटक हो । म प्रधानमन्त्री पनि छु । यो मुलुकको व्यवस्थाको रक्षाका लागि गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री भएको हुँ । मैले फेरि सभापति भए भने अझै राम्रो गर्न सक्छु । त्यसैले मैले पार्टीका साथीहरुलाई पनि आग्रह गरेको छु । तपाईंहरुमार्फत् सबैलाई आग्रह गर्न चाहन्छु । एकपटक मलाई सहयोग गरिदिनुस् ।”

प्रधानमन्त्री देउवाले धेरै मान्छे उतारेर महाधिवेशन नगर्ने पनि बताए । उनले पार्टीको आन्तरिक गतिविधि भएकाले शक्ति प्रदर्शन आवश्यक नरहेको बतए । “पार्टीको महाधिवेशन गर्ने हो,” उनले भने,“शक्ति प्रदर्शन हामीले गर्दैनौँ ।”

एमालेले कञ्चनपुरदेखि झापासम्मका मान्छे ल्याएर शक्ति प्रदर्शन गरेको उनको भनाइ थियो । “अलि अलि मान्छे त भइहाल्छन् । बागमतीका जिल्लाबाट कार्यकर्ता आउँछन् । सकेसम्म कम आउन भनेका छौँ,” उनले भने,“कोरोनाको अर्को भेरियन्ट आएको छ शक्ति प्रदर्शन गर्ने बेला यो होइन नि । एमाले जस्तो कार्यकर्ता ल्याएर शक्ति प्रदर्शन कांग्रेसले गर्दैन ।”

Share This:
सम्बन्धित खबर
Loading...