४२ सालमा चोरिएको ‘लक्ष्मी–नारायण’ मूर्ति प्रतिस्थापन

218

काठमाडौँ । २०४२ सालमा चोरी भएर अमेरिकाको टेक्सस पुर्याइएको लक्ष्मी–नारायण (वासुदेव कमलाजा)को मूर्तिलाइ पहिलेकै मन्दिरमा प्रतिस्थापन गरिएको छ ।

शनिबार ललितपुरको पट्को टोलमा बाजागाजा र पूजाअर्चनासहित मन्दिरमा प्रतिस्थापन गरिएको हो ।

३८ वर्षअघि सन् १९८४ को जुन–जुलाइ महिनाको एउटा मध्यरातमा लक्ष्मी–नारायणको मूर्ति चोरिएको थियो । पाटन, पट्को टोलस्थित नारायण मन्दिरबाट चोरिएर अमेरिका पुर्याइएको वासुदेव–कमलाजा मूर्ति लामो खोज–अनुसन्धान र कूटनीतिक प्रयत्नपछि गत चैत ३० गते घर फएिको थियो ।

गत वर्ष मात्रै यो मूर्ति अमेरिकाको डल्लास म्युजियममा प्रदर्शनमा आएपछि चोरीको नेपाली सम्पदाबारे सरोकार बढ्दै गएर म्युजियमले मूर्ति फर्काएको हो ।

डल्लास म्युजियमले गत नोभेम्बर ३० मा अमेरिकी फेडरल ब्युरो आफ इन्भेस्टिगेसन (एफबिआई)मा बुझाएको थियो । त्यसपछि एफबिआईले उक्त मूर्ति वासिङ्टनस्थित नेपाली दूतावासलाई हस्तान्तरण गरेको थियो ।

मूर्ति प्रतिस्थापन कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्य, नेपाल हेरिटेज रिकभरि क्याम्पेनका अध्यक्ष ऋद्धिबाबा प्रधानलगायत सम्पदाप्रेमी र संरक्षणकर्मीका साथै स्थानीय उपस्थित थिए ।

Share This:
सम्बन्धित खबर
Loading...