चितवन राजनीतिको केन्द्र बन्यो : प्रचण्ड

88

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले एमालेले चितवनमा महाधिवेशन गरेको कुरालाई आफूले नेगेटिभ रुपमा नलिएको बताएका छन् । नारायणी नदी किनारमा पैदल मार्ग तथा अन्य पूर्वाधार निर्माण शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको उनको भनाइ थियो । प्रचण्डले चितवनमा राजनीतिको केन्द्र हुनुलाई आफूले ‘नेगेटिभ्ली’ नलिएको बताउँदै भने,“यसलाई पोजेटिभ नै लिएको छु । किनभने, देशभरका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक तथा पर्यटकीयस्थलहरु सबै जमिन र जंगलको स्थिति बुझेर जानु भनेको हामी चिनवनवासीहरुका लागि सुखीको कुरो हो ।”

उनले केही दिनअघि एमालेको दशौँ महाधिवेशनमा सहभागी हुन आएकाहरुले चितवनको विकास र महत्व बुझेर गएको पनि टिप्पणी गरे । “हुँदा हुँदा अब त राजनीतिको केन्द्र पनि चितवन भएको छ,” प्रचण्डले भने,“केही दिन अगाडि यहाँ मेला जस्तै गरी मान्छे भेला भएर नारायणी के हो, चितवन के हो, यहाँको भौतिक पूर्वाधार के हो देखेर जाने त एउटा कुरा भयो । चितवनमा विकास त भएको रहेछ भन्ने कुरा उपस्थित भएका मान्छेहरुले देखेर गए नै । त्यसका साथै चितवन जिल्लाको राजनीतिक महत्व के हो भन्ने कुरा पनि स्थापित गरेर गएको छ ।”

Share This:
सम्बन्धित खबर
Loading...