माओवादीको राष्ट्रिय सम्मेलनमा आउने प्रतिनिधिले प्रवेश शुल्क २ हजार तिर्नुपर्ने

345
  • युद्ध मेवाहाङ

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकले विधान परिमार्जनका लागि पाँच सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

सो उपसमितिमा देव गुरुङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेका छन् । उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रवक्ता महराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरुको प्रवेश शुल्क २ हजार रुपैयाँ तोकेको पनि उनले जानकारी दिए । यस्तै, राष्ट्रिय सम्मेलनका लागि व्यवस्थापन उपसमिति बनाइएको पनि बताए ।

बैठकले हितमान शाक्यको नेतृत्वमा व्यवस्थापन उपसमिति र महाराको नेतृत्वमा प्रचारप्रसार उपसमिति बनाउने निर्णय गरेको छ । त्यस्तै, बैठकले राष्ट्रिय सम्मेलनका लागि सयमंसेवक उपसमिति र स्वास्थ्य उपसमिति बनाउने निर्णय गरेको पनि बताए ।

राष्ट्रिय सम्मेलनबाट हरेक प्रदेशमा घाइते र अपांगता भएकाहरुको हकहित सुरक्षित गर्ने निर्णय पनि गरिएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...