एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावको तयारीमा लाग्नुस् : प्रधानमन्त्री देउवा

82

काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महिनामै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महिनामै स्थानीय तहको निर्वावचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकाले तयारी गर्न नेता/कार्यकर्ताहरुलाई निर्देशन दिएका हुन् ।

“१४औँ महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर तीनै तहका निर्वाच्नमा कांग्रेसलाई विजयी बनाउनुपर्ने दायित्व तपाईं हामी सबैको काँधमा आएको छ,” उनले भने,“केही समयभित्रै हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । एक वर्षभित्रै प्रदेश र संघको निर्वाचनमा जानेछौँ । १४औँ महाधिवेशनमा हाम्रो ध्यान चुनाव केन्द्रित हुनुपर्ने छ ।”

सभापति देउवाले पार्टीका सबै कार्यकर्ताहरुलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

उनले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवेशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

संविधान जारी भएपछि पहिलोपटक प्रदेश अधिवेशन कांग्रेसले गर्दै छ । ६ वटा प्रदेशको उद्घाटन बिहीबार गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...