हेदाङ्नाबाट अवैध काठ बरामद

373

खाँदबारी । सङ्खुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।

किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी बताए ।

मंगलबार किमाथाङ्काबाट खाँदबारी आउँदै गरेको ट्याक्टरबाट १४१ थान (८६.५ किबी) काठ बरामद गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

ट्याक्टर र चालक मकालु गाउँपालिकाका सुरज राईलाई नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि मकालु वरुण राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...