जनताका छोराछोरीको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदैछ : प्रचण्ड

87

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पार्टीका सदस्य संख्या ८ लाख नाघेको बताएका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“माओवादीका सदस्य संख्या ८ लाख पुगे, अब १० लाख पुग्दैछन्,” प्रचण्डले भने,“जनताका छोराछोरीको पार्टी माओवादी नै रहेछ भन्ने पुष्टि हुँदै छ ।”

उनले जनयुद्ध छाडेपछिको केही समय माओवादी बिग्रिएको पनि बताए । कार्यकर्ताभन्दा नेताहरु बिग्रिएका कारण जनताको साथ छुटेको बताउँदै उनले अब माओवादी जनताको पहिलो पार्टी हुने बताए ।

उनले जनयुद्ध छाडेपछिको केही समय माओवादी बिग्रिएको पनि बताए। कार्यकर्ताभन्दा नेताहरु बिग्रिएका कारण जनताको साथ छुटेको बताउँदै उनले अब माओवादी जनताको पहिलो पार्टी हुने पनि बताए।

Share This:
सम्बन्धित खबर
Loading...