कांग्रेस महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइन्छ : प्रवक्ता शर्मा

323

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय मतदानको टुंगो नलागेको बताएका छन् ।

ललितपुरमा बिहीबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले कांग्रेसमा नेतृत्व चयनका लागि २९ वटा मतपत्र हुने बताए । त्यसका लागि एकजना प्रतिनिधिलाई मतदानका लागि एक घन्टाभन्दा बढी समय लाग्ने उनले जनाए ।

त्यस्तै, उनले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि हुने चुनावका लागि भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा मतदान केन्द्र व्यवस्था गरिने बताए ।

प्रवक्ता शर्माले आफूहरुको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने पनि बताए । हालै सम्पन्न नेकपा (एमाले)को महाधिवेशनमा फरक मत राख्नेहरुलाई निषेध गर्न खोजिएको प्रति इंगित गर्दै शर्माले कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताए ।

“हाम्रो महाधिवेशनमा नेतृत्वको विरोध गर्न पाइन्छ । आलोचना गर्न पाइन्छ । आफ्नो पर्चा र पम्प्लेट वितरण गर्न पाइन्छ । हामी लोकतन्त्रको राम्रो अभ्यास गर्छौँ,” उनले भने ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नै महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...