एमालेप्रति प्रचण्डको व्यङ्ग्य : पार्टी फुटाएर तीन टुक्रा बनाउनेको पनि ‘एकता महाधिवेशन’

101

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी तीन टुक्रा बनाउनेले पनि महाधिवेशनको नाम एकता महाधिवेशन राखेको भन्दै एमालेप्रति व्यङ्ग्य गरेका छन् ।

बुधबार काठमाडौँमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले अहिले तीन नेताहरु मिलेर राप्रपाले एकताको महाधिवशेन गरेको भन्दै तीन टुक्रा भएर फुटेको एमालेले पनि एकता महाधिवेशन नै भनेको बताए ।

उनले पार्टी फुटाएर एकता महाधिवेशन भन्दै एमालेले जालीझेली काम गरेको तर्क गरे । त्यस्तै, उनले राजतन्त्र फाल्न भूमिका निर्वाह गर्ने व्यक्तिले राजतन्त्रलाई राष्ट्रवादी भनेको भन्दै मालेका महासचिव सिपी मैनालीलाई राप्रपाको अध्यक्ष बन्न लागेको हो कि भनेर कटाक्ष पनि गरे।

त्यसअघि सम्बोधनका क्रममा मैनालीले राजा महेन्द्र राष्ट्रवादी भएको र प्रचण्डको नेतृत्वमा भएको परिवर्तन राष्ट्रवादी नभएको बताएका थिए । प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको जिकिर गरे ।

प्रचण्डले अन्तविरोधभित्र पनि सहमति र सहकार्य गर्दै मुलुकलाई राजनीतिक स्थीरतातर्फ अघि बढाउनुपर्ने धारणा राखे ।

Share This:
सम्बन्धित खबर
Loading...