उत्पादनमुखी अर्थतन्त्र निर्माण गरी मुलुकको विकास गर्नुपर्छ : अर्थमन्त्री शर्मा

80

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नभएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

बुधबार काठमाडौँमा नेपाल मोबाइल वितरक संघको दोश्रो महाधिवेशन उदघाटन गर्दै अर्थमन्त्री शर्माले निर्यातमुखी अर्थतन्त्रलाई परिवर्तन गरी उत्पादनमुखी बनाएर मुलुकको विकास गर्नुपर्ने बताएका हुन् ।

उनले समयमा नै बजेट खर्च नहुने अवस्थालगायतका धेरै समस्याहरुलाई समाधान गर्दै अर्थतन्त्रलाई पनि सुधार गर्नुपर्ने धारणा राखे । त्यस्तै, अर्थमन्त्री शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीहरुलाई आग्रह गर्दै आवश्यक परे सरकारले कर छुटको व्यवस्था गर्ने बताए ।

अवैध रूपमा मोबाइल फोन आयात हुने विषयलाई व्यवस्थापन गर्न लागु हुने एमडिएमएसलाई तत्काल लागु गर्न निर्देशन दिएको उनले जानकारी दिए ।

कार्यक्रममा व्यवसायीहरुले मोबाइल व्यवसायलाई व्यवस्थित गर्न एमडिएमएस लागु गर्नुपर्ने धारणा राखेका थिए ।

Share This:
सम्बन्धित खबर
Loading...