मंसिर २५ र २६ मा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक बस्ने

294

काठमाडौँ । नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक मंसिर २५ र २६ गते काठमाडौँमा हुने भएको छ ।

पूर्ण बैठकमै स्थायी कमिटी, पोलिटब्युरो गठन, जिम्मेवारी बाँडफाँट र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनयनसम्बन्धी प्रस्ताव आउने छ ।

एमालेको दशौँ केन्द्रीय कमिटीको नवनिर्वाचित सदस्यहरुको बैठक शपथ ग्रहणलगत्तै सौराहामा बसेको थियो ।

एमालेमा ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो हुन्छ । एमालेको दशौँ महाधिवेशनले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...