उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले पाइन् सबैभन्दा बढी मत

257

काठमाडौँ । नेकपा (एमाले)को चितवनमा जारी १०औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगाणना भइरहेको छ ।

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेकी अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएकी छन् । उनले हालसम्म १ हजार ९७६ मत पाएकी छन् ।

यस्तै, दोस्रोमा सुरेन्द्र पाण्डेले १ हजार ९२५, सुवासचन्द्र नेम्वाङले १ हजार ८६५, विष्णु पौडेलले १ हजार ८५६, युवराज ज्ञवालीले १ हजार ८४२ र रामबहादुर थापा‘बादल’ले १ हजार ७६८ मत पाएका छन् । घनश्याम भुसालले जम्मा ७२५ मत पाएका छन् ।

मत परिणाम गन्ने काम लगभग सकिएको छ । केही मत मात्र बाँकी रहेको स्रोतले जानकारी दिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...