एमालेले आउँदो निर्वाचनमा बहुमत ल्याएर न्यायालयको विकृति हटाउँछ : तामाङ

259

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आफ्नो पार्टीले आउँदो चुनावमा बहुमत ल्याएर न्यायालयमा देखिएको विकृति अन्त्य गर्ने बताएका छन् ।

मंगलबार सञ्चारकर्मीहरुसँग चितवनको सौराहामा कुरा गर्दै तामाङले आउँदो निर्वाचनमा बहुमत ल्याएर न्याय क्षेत्रमा देखिएको समस्या समाधान गर्न पार्टीको १०औँ महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा केन्द्रीय कार्यसमिति चयन गर्नुपरेको बताए ।

उनले न्याय क्षेत्रको अप्ठ्यारो हटाउनका लागि आउँदो चुनावमा दुई तिहाइ मत दिएर विजयी गराउन आम नागरिकलाई आफूहरुले आग्रह गरेको समेत बताए ।

“केही महिनाभित्र हामी चुनावमा जाँदैछौँ । हामीलाई विश्वास छ– केपी ओलीको अगुवाइमा हामी बहुमतले मात्र नभइ दुई तिहाइले चुनाव जित्छौँ । न्यायालयमा देखिएको आजको बबन्डर, आजको यो अप्ठ्यरो स्थितिलाई अन्त्य गर्न एकचोटी नेकपा (एमाले)ले दुई तिहाइ ल्याउनै पर्छ । हामी दुई तिहाइसहित सरकारमा फर्कने गरी त्यसको अगुवाइ केपी ओलीले गर्नुहुन्छ र हामी सबैको त्यो विश्वास भएकाले महाधिवेशनले पनि उहाँलाई त्यो अधिकार दिएको हो । उहाँले प्रस्तुत गर्नुभएको नाम सर्वसम्मत छ,” उनले भने ।

Share This:
सम्बन्धित खबर
Loading...