धवलशमशेर राणा भन्छन्– ‘कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाए’

112

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाएका छन् ।

सोमबार काडमाडौँमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसँग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनहस बनाएको आरोप लगाएका हुन् ।

उनले राप्रपाको एजेन्डालाई तहसनहस पारेर गणतन्त्रवादीहरुले सत्ता चलाइरहेको अवस्थामा तीनै गणतन्त्रवादीहरुलाई पार्टी नेतृत्वले उत्कृष्ट भन्नु गलत भएको बताए ।

उनले वर्तमान अध्यक्ष कमल थापाको परीक्षण भइसकेको र थापाको नेतृत्वमा पार्टी माथि उठ्न नसकेको भन्दै नेतृत्वमा दोहोर्याउन नहुने बताए । जनताले राप्रपा हाक्ने नयाँ नेतृत्व खोजेको भन्दै त्यो नेतृत्व राजेन्द्र लिङदेनले हाक्ने दाबी गरे ।

उनले कमल थापालाई जनताले पछ्याउने अवस्था नरहेकाले उनलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास आफूमा नरहेको तर्क गरे ।

Share This:
सम्बन्धित खबर
Loading...