भीम रावलको पक्षमा उभिए घनश्याम भुसाल

172

काठमाडौँ । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार रहेका नेता घनश्याम भुसालले आफू भीम रावलको पक्षमा रहेको बताएका छन् ।

महाधिवेशनस्थल सौराहामा भुसालले आफू भीम रावलमाथि अत्यचार भएदेखि नै रावलको पक्षमा रहेको भन्दै अहिले आफू रावलको पक्षमा रहेको बताए । रावललाई ‘अत्यचार’ भएदेखि नै उनको पक्षमा आफू रहेको उनको भनाइ थियो । अप्ठ्यारो परेपनि रावलको पक्षमा उभिने बताए ।

“यो प्रक्रियामा त म भीम रावलको पक्षमा उहिलेदेखि छु । जति बेलादेखि भीम रावलमाथि अत्यचार भइरहेको त्यैलेदेखि म उभिएको छु । मलाई व्यक्तिगत सम्बन्धले फरक पर्दैन । ऊ क्रान्तिका पक्षमा छ भने, ऊ ठिक कुरामा छ भने अप्ठ्यारो जे होस् मेरो कमिटमेन्ट हो म समर्थन गर्छु,” भुसालले भने ।

Share This:
सम्बन्धित खबर
Loading...