जिल्ला निर्वाचन कार्यालय काठमाडौँले १७ मंसिरदेखि मतदाता नामावली संकलन गर्ने

253

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मंसिर १७ गतेदेखि पौष २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

आइतबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँले मंसिर १७ गते देखि पौष २ गतेसम्म नामावली संकलन कार्यक्रम गर्ने जानकारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँका प्रमुख ठाकुरप्रसाद भट्टराईले पहिलो चरणमा पालिकाको केन्द्रमा नामावली संकलन गरिने बताए । उनले मंसिर १७ गतेदेखि पौष २ गतेसम्म दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका र तारकेश्वर नगरपालिकामा मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

पौष ४ गते देखि पौष १८ गतेसम्म टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकामा दोस्रो चरणमा नामावली संकलन गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नामावली संकलन कार्यमा आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिने बताउँदै १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली संकलन गरिने हुँदा सबैलाई सहयोग गरिदन आग्रह गरेका छन् ।

हाल जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय साँखुमा फोटोसहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भइरहको छ । २०७७ साल पौष ५ गतेसम्म देशभर कुल १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता रहेका छन् भने काठमाडौँ जिल्लामा ६ लाख १३ हजार ४ सय ९७ मतदाता रहेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...