मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी राख्दिनँ : मन्त्री श्रेष्ठ

336

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले मजदुरका समस्या समाधान गर्न कुनै कसुर बाँकी नराख्ने बताएका छन् ।

शनिबार काठमाडौँ मोर्डन स्कूल अल्मुनाइले गरेको कार्यक्रममा सफाइ मजदुरहरुलाई ट्रयाक वितरण गर्दै मन्त्री श्रेष्ठले मजदुरका समस्या समाधन गर्न आफ्नो मन्त्रालय तयार रहेको बताएका छन् । आफू सामान्य किसानको छोरो भए पनि जनताले मन्त्रालयमा पठाएको बताउँदै काम गर्ने मान्छेलाई जनताले साथ दिने बताए ।

मन्त्री श्रेष्ठले आफू केही परिवर्तन गर्न मन्त्री बनेको उल्लेख गर्दै परिवर्तनका केही संकेत देखापरिसकेको बताए ।

उनले श्रम विभागमा केही दिन अघि आफू अनुगमनमा जाँदा देखिएका दृश्य हुन अथवा कोरिया जान लागेका श्रमिकलाई ठगिनबाट बचाएका दृश्यहरु काफी भएको जानकारी दिए ।

कार्यक्रममा सरसफाई मजदुरहरुलाई २१ वटा संघसंस्थाले ट्रयाक सुट वितरण गरिएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...