च्याम्पियन लिग : रियल मड्रिड र इन्टर मिलान नक आउट चरणमा

327

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड र इटाली क्लब इन्टर मिलन समूह ‘डी’ बाट एक खेल बाँकी रहँदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।

बिहीबार राति भएको खेलमा रियलले मोल्दोभाको एफसी सेरिफमाथि ३–० को सहज जित निकाल्यो । रियललाई अन्तिम १६ मा पुर्‍याउन सेरिफविरुद्ध डेभिड अलाबा, टोनी क्रुस र करिम बेन्जेमाले १–१ गोल गरे ।

समूह ‘डी’ कै अर्को खेलमा इटालीयन सिरी ए क्लब इन्टर मिलानले युक्रेनी क्लब साख्तर डोनेस्कलाई २–० ले पराजित गरेको छ । इन्टरको जितमा दुवै गोल इडेन जेकोले गरेका थिए ।

जितसँगै समूह ‘डी’ मा रियल ५ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा छ । १० अंक जोडेको मिलन दोस्रो स्थानमा छ । पराजित सेरिफको ६ अंक रहँदा पुछारको साख्तर डोनेस्कसँग १ अंक रह्यो ।

यस खेलको समूह विजेता र उपविजेता भने अन्तिम खेलबाटमात्रै निर्णय हुने छ । पराजित सेरिफ र साख्तर भने समूह चरणबाटै बाहिरिए ।

Share This:
सम्बन्धित खबर
Loading...