भूमि सम्बन्धी समस्याको दिगो रुपमा समाधान गर्ने गरी कार्ययोजान बनाउन सुुरु गरेका छौँ : मन्त्री श्रेष्ठ

239

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भूमि सम्बन्धी समस्या समाधन गर्न संविधानमा भएको व्यवस्थालाई कायान्वयन गर्ने गरी कार्ययोजना बनिरहेको जानकारी दिएकी छन् ।

रामेछापको सुनापति गाउँपालिका वडा नम्बर ४ को दोस्रो वडा सम्मेलन घोषणासभा तथा सहिद बाबुराम तामाङको शालिक अनावरण समारोहमा मन्त्री श्रेष्ठले अवको केही समयभित्रै भू–उपयोग नियमावली आउने र त्यसबाट कृषियोग्य भूमिको संरक्षण गरेर व्यवसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास समेत व्यक्त गरिन् ।

उनले अबका दिनमा सहकारीको माध्यमबाट युवास्वरोजगार बढाउन मन्त्रालयले पहल सुरु गरिसकेको पनि बताइन् ।

उनले भनिन्, “भूमिसम्बन्धी समस्या समाधान गर्न यसअघि बनेका विभिन्न आयोग र समितिहरुबाट भएका कामहरुलाई ग्रहण गरेर सबैभन्दा धेरै काम भएका ठाउँबाट काम सम्पन्न गर्ने तथा थोरै स्रोत साधनबाट पनि छिटो काम सम्पन्न गर्ने र कामहरुलाई छिटो पूर्णता दिने गरी आपूmले कामको थालनी गरिसकेको र त्यसपछि बाँकी काम गर्दै जाने छौँ ।”

मन्त्री श्रेष्ठले हलिया कमैया, कमली तथा हरुवा चरुवाको समस्या समाधान पीडितसँग आफूले छलफल सुुरु गरिसकेको र छिट्टै एउटा कार्यदल बनाएर त्यसको सत्यतथ्यका आधारमा दिएको प्रतिवेदन अनुसार काम सुरु गर्ने पनि जानकारी दिइन् ।

उनले रामेछाप जिल्ला कृषि तथा फलफूलका लागि महत्वपूर्ण भूमि रहेकाले यसलाई सहकारीका माध्यमबाट व्यवसायिक र उत्पदनमूलक बनाउँदै अगाडि बढ्नु पर्नेमा जोड दिइन् ।

Share This:
सम्बन्धित खबर
Loading...