मुलुकको बजेट र बजेट प्रणाली नै समस्याग्रस्त : अर्थमन्त्री शर्मा

295

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् ।

बुधबार काठमाडौँमा नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा उनले राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेको भन्दै मुलुकको बजेट प्रणाली समस्याग्रस्त रहेको बताएका हुन् ।

अहिले रास्वास्वले चालु खर्च धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ ।

उनले कोभिड–१९ पछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए । “आर्थिक पुनरुत्थानमा सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन । राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाई पूरा गर्ने प्रयास जारी छ,” उनले भने ।

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठुला पूर्वाधार निर्माणमा सरकारसँग मिलेर काम गर्न निजी क्षेत्रलाई अग्रह गरे । नेपालको आर्थिक विकासका लागि श्रोत–साधन पर्याप्त भए पनि उपयोग गर्ने क्षमताको अभाव भएको उनले बताए ।

Share This:
सम्बन्धित खबर
Loading...